Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

गण्डकीका पूर्वमुख्यमन्त्री गुरूङले प्रदेश सरकारबाट कुनै सुविधा नलिने

न्युज कारोबार काठमाडौं जेठ ३१, २०७८       

गण्डकीका पूर्वमुख्यमन्त्री गुरूङले प्रदेश सरकारबाट कुनै सुविधा नलिने

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै किसिमका सुविधा नलिने बताएका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्‌ले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने कानुन बनाउने निर्णय गरेको समाचार बाहिरिएपछि उनले यस्ताे बताएका हुन् ।

पूर्वमुख्यमन्त्रीलाई सेवासुविधा दिने निर्णय भएको भनेर आएको समाचारबाट धेरैमा भ्रम पर्न गएको भन्दै नलिने प्रष्ट पारिएको उनको सचिवालयले जनाएको छ । सचिवालयले भनेको छ, 'माननीय पृथ्वी सुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ । नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट पारिन्छ ।'

यसअघि गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका थिए ।प्रदेशमा हालसम्म बनेका कानुनमा पूर्व मुख्यमन्त्रीको मर्यादाक्रम, सुरक्षा व्यवस्थालगायत विषय नभएकाले  कानुन बनाएर व्यवस्थित गर्न खोजिएको उनको भनाइ थियो ।

सम्बन्धित खबरहरु