Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

विपक्षी गठबन्धनकाे सक्रियता : नेपाल, देउवा र प्रचण्डबीच कोटेश्वरमा छलफल

न्युज कारोबार काठमाडौं जेठ ३१, २०७८       

विपक्षी गठबन्धनकाे सक्रियता : नेपाल, देउवा र प्रचण्डबीच कोटेश्वरमा छलफल

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले कोटेश्वरमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भइरहेको छ ।

स्रोतका अनुसार सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव र एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको छ । यसका साथै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन फुटाउने प्रयासतर्फ सचेत हुनुपर्ने विषयमा पनि छलफल भएकाे बताइएकाे छ ।

पछिल्लाे समय सर्वाेच्च अदालतबाट सरकारले जारी गरेकाे अध्यादेशहरू कार्यन्वयन नगर्न आदेश भएपछि ओली थप दबाबमा परेका छन् । यसका साथै राष्ट्रिय सभा उपनिर्वाचनमा पराजय र गण्डकी प्रदेश सरकार गुमाउनु पर्दा ओलीलाई झट्का लागेकाे छ । याेसँगै उनले नेपाल-खनाल पक्षसँग लचिलाे भएर वार्ता गरिने उनीनिकट नेताहरूले अभिव्यक्ति दिइरहेका छन् ।

सम्बन्धित खबरहरु