Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

आइतबार ३८ अंकले बढेर तीन हजार नजिक पुग्यो नेप्से

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

आइतबार ३८ अंकले बढेर तीन हजार नजिक पुग्यो नेप्से

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ अंकले बढेर तीन हजार नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३२ अंकले बढेर २ हजार ९८३.११ अंकमा पुगेको हो । आज ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ११.५४ अंकले बढेर ५३९.४१ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि निकै बढेको छ । कारोबार सुरू भएको दुइ घण्टामै १० अर्ब रूपैयाँको सेयर किनबेच भएको नेप्सेमा कारोबार बन्द हुनसम्म साढे १९ अर्ब रूपैयाँको किनबेच भएको छ । आज २२० कम्पनीको तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड एक लाख ६६ हजार ६३६ रुपैयाँमा किनबेच भएको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सबइन्डेक्समध्ये ६ को सेयरमा माइनसमा गएको छ भने बाँकी सबै समूहको सेयरमा हरियाली लागेको छ ।

बैकिङ, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत, वित्त, उत्पादनमुलक र लगानी समूहको सेयर उकालो लाग्दा व्यापार, निर्जीवन बिमा, अन्य, लघुवित्त, जीवन बिमा र सामुहिक लगानी कोषको सेयर ओरालो लागेको छ । आज चार कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । श्रीइन्भेष्टमेन्ट फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक र आइसीएफसी फाइनान्सको सेयरमा सर्किट लागेको हो ।

सम्बन्धित खबरहरु