Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

मन्त्रिपरिषद समावेशी नभएको भन्दै मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

मन्त्रिपरिषद समावेशी नभएको भन्दै मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले मन्त्रिपरिषद विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखेका छन् । प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने स्मरण गराएका छन् ।

पत्रमा लेखेका छन्, ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसी लगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।’ पुनर्गठिन मन्त्रिपरिषदमा महिलालाई मन्त्री नबनाएको भन्दै अन्य दलले पनि असन्तुष्टि प्रकट गरेका छन् ।

प्रदेश प्रमुखकाे पत्र :

सम्बन्धित खबरहरु