Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

सिटिजन लाइफको अनलाइन बिमा दाबी सेवाबाट २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

सिटिजन लाइफको अनलाइन बिमा दाबी सेवाबाट २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बिमा गरेकी टीकापुर नगरपालिका- १, ब्लक नम्बर ९ बस्ने शोभाकुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बिमितका अभिकर्ताले अनलाइनबाटै दाबी प्रक्रिया अगाडि बढाएका थिए । सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई दिनमै प्रदान गरेको छ ।

लकडाउनको समयमा उनका श्रीमान ध्रुब खत्रीलाई सिटिजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बिमाको दाबी फर्स्याैट भर्पाइमा हस्ताक्षर गराउन क्षेत्रीय शाखा प्रमुख केशव राजगिरी घरसम्म पुगेका थिए । उनले उल्लेखित लाभ रकम १० लाख, बोनस रकम ३५ हजार तथा काजक्रिया खर्चबापत ५० हजार गरी जम्मा १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुब खत्रीको बैंक खातामा अनलाइनमार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए । बिमितले एक किस्ता बराबरको ७८ हजार ७ सय सन्तानब्बे रकम जम्मा गराएका थिए । रकम बिमितको खातामा जम्मा भइसकेको बिमितका श्रीमान ध्रुव राजखत्रीले जानकारी दिए ।

कम्पनीले परिवारका सदस्यलाई बिमावापतको रकम हस्तान्तरण गरेपश्चात सो रकमले परिवारका आश्रित सदस्यको स्तरीय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवं अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरे । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिमसमेत बहन गर्न सक्ने भएकाले बिमासम्बन्धी चेतना बढाउनुपर्नेमा जोड दिए । उनले बिमित, अभिकर्तालगायत अन्य सरोकारवालालाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाए । उनले कोरोनाभाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितिमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिएको छ ।

सिटिजन लाइफ कम्पनीले केही दिनअघि मात्र 'डिजिटल सिटिजन' अभियानअन्तर्गत अनलाइन बिमा दाबी सेवाको सुरूवात गरेको थियो । हालको असहज परिस्थिति एवं आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको कम्पनीले जनाएकाे छ ।

सम्बन्धित खबरहरु