गृहपृष्ठ पोखरीमा डुबेर निधन भएका बालिकाको परिवारलाई राहत
पोखरीमा डुबेर निधन भएका बालिकाको परिवारलाई राहत
प्रदेश २ सरकारले पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई १/१ लाख रुपैयाँको दरले राहत दिने भएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका(६ बहेडाबेलास्थित कञ्चनपुरमा रहेको पोखरीमा डुबेर मृत्यु भएका पाँच जना बालिकाको परिवारलाई प्रदेश सरकारले उक्त राहत रकम उपलब्ध गराउने घोषणा गरेको हो । शुक्रबार पोखरीमा डुबेर डुबेर १२ वर्षीया लक्ष्मीनियाँ यादव, १० वर्षीय चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललिता साह तेली निधन भएको थियो ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका थिए । मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन् ।
प्रकाशित समय : १३:१४ बजे