Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

सिद्धार्थ इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न

न्युज कारोबार काठमाडौं जेठ २८, २०७८       

सिद्धार्थ इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले शुक्रबार कम्पनीको १९औं वार्षिक साधारण सभा भर्चुअल माध्यमवाट सम्पन्न गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७६/७७ मा विभिन्न बिमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख बिमा शुल्क आर्जन गरेको थियो भने यस आर्थिक वर्षको साधारण सभा भएको दिनसम्म २ अर्व १ करोड भन्दा बढी बिमा शुल्क आर्जन गरिसकेको इन्स्योरेन्सले जानकारी गराएको छ । उक्त बिमा शुल्क संकलन गत आ.व.को सोहीको तुलनामा १६.०७ बढी रहेको छ ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्वको १२ प्रतिशत वोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित खबरहरु