Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्यमन्त्री तामाङ

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्यमन्त्री तामाङ कार्यक्रममा मन्तव्य राख्दै मन्त्री तामाङ । (तस्बिर : रासस)

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् ।  चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको साे कुरा बताएका हुन् ।

बागमती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काले अब नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने विश्वास दिलाए ।

चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ । ७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो । विनारसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ ।

सम्बन्धित खबरहरु