Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

ओलीको वक्तव्यमा आफ्नै प्रशंसा, कुटिल चातुर्यता र जालझेलको भाषा : नेता गाैतम (विज्ञप्ति)

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

ओलीको वक्तव्यमा आफ्नै प्रशंसा, कुटिल चातुर्यता र जालझेलको भाषा : नेता गाैतम (विज्ञप्ति)

नेकपा (एमाले)का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि गरेको पार्टी एकताको प्रयासलाई इमान्दार एकताको प्रयत्नका रुपमा मान्न नसकिने बताएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै त्यसलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने बताएका हुन् । उनले ओलीद्वारा जारी वक्तव्यमा आफ्नै प्रशंसालगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको पनि आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुन:स्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने पनि नेता गाैतमले बताएका छन् ।

विज्ञप्ति :

सम्बन्धित खबरहरु