Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

थप ३८७० जनामा कोरोना पुष्टि, १०८ को मृत्यु

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

थप ३८७० जनामा  कोरोना पुष्टि, १०८ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ६५ जनामा पीसीआर परीक्षण गर्दा थप ३ हजार ८७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ५ हजार ६ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २८३ जनामा संक्रमण पुष्टि भएको छ । 

यसरी मंगलबार पीसीआर र एन्टिजेन गरी ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमित हुनेको  संख्या पीसीआर मात्रै ५ लाख ९५ हजार ३६४ जना छन् भने एन्टिजेनमार्फत संक्रमण पुष्टि भएका संक्रमितको संख्या १५ हजार ९४४ रहेको छ । नेपालमा सोमबारको तुलानमा मंगलबार कोरोना संक्रमितको संख्या बढेको छ । सोमबार १२ हजार २ जनामा पीसीआर परीक्षणमा ३ हजार ३७० जना र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षणमा १ हजार १०२ गरी देशभर ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार मृत्यु हुनेको संख्या पनि सोमबारको तुलनामा बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार ९२ जनाको निधन भएकोमा आज १०८ जनाको निधन भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

सोमबार ६ हजार ९५१ निको भएकोमा आज ६ हजार ५७० निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ५ लाख ४ हजार ५३० जना निको भएका छन् । 

सम्बन्धित खबरहरु