Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

विश्वमा काेराेना संक्रमण घटेकै हाे त ? यस्ताे छ तथ्यांक

न्युज कारोबार काठमाडौं जेठ २५, २०७८       

विश्वमा काेराेना संक्रमण घटेकै हाे त ? यस्ताे छ तथ्यांक

विश्वभर कोरोना भाइरसबाट ३७ लाख ५२ हजारले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै विश्वमा ७ हजार ९ सय जना मृत्यु संख्या थपिएका थिए । त्यस्तै बितेका २४ घण्टामा ३ लाख १२ हजारमा संक्रमित पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या १७ करोड ४३ लाख ८२ हजार पुगेको छ ।

त्यस्तै विश्वभर कोरोनाबाट निको हुनेको संख्या १५ करोड ७६ लाख ४८ हजार रहेको वर्ल्डाेमिटरले जनाएको छ । वर्ल्डोमिटरको अनुसार मंगलबार दिउँसोसम्म विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २७ लाख ३ हजार छन् । त्यस्तै ८६ हजारको अवस्था गम्भिर रहेको छ । बितेका २४ घण्टामा विश्वभर सबैभन्दा धेरै भारतमा संक्रमितको संख्या थपिएको छ । भारतमा गत २४ घण्टामा ८७ हजारमा संक्रमण पुष्टि भएको थियो । यससँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार पुगेको छ । भारतमा कोरोनाबाट ३ लाख ५१ हजारले ज्यान गुमाएका छन् भने २ करोड ७३ लाख ४१ हजार संक्रमणमुक्त भएका छन् ।

त्यस्तै भारतमा गत २४ घण्टामा २ हजारको ज्यान गएको छ । यससँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार छ । भारतमा केही दिन अगाडि उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनहरूमा कम हुँदै गइरहेका छन् । धेरै कोरोना फैलिने देशमध्ये भारत दोस्रो नम्बरमा रहेको छ । सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्र अमेरिकामा पछिल्ला दिनहरूमा संक्रमितको संख्यामा कमी देखिएको छ । बितेका २४ घण्टामा अमेरिकामा ३१२ जनाको मृत्यु भएको छ भने १२ हजार संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार छ ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४२ लाख २७ हजार रहेको छ भने २ करोड ८१ लाख ७७ हजार निको भइ घर फर्किएका छन् । भारतपछि बढी कोरोना फैलिएको ब्राजिलमा पछिल्ला दिनमा संक्रमितको संख्या घटे पनि मृत्युदरमा भने खासै कमी भएको देखिँदैन । बितेका २४ घण्टामा मात्रै ब्राजिलमा १ हजारले ज्यान गुमाएका थिए । हालसम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार पुगेको छ भने संक्रमितको संख्या १ करोड ६९ लाख ८५ हजार छन् । त्यस्तै ब्राजिलमा कोरोनामुक्त हुनेको संख्या ११ लाख २ हजार रहेका छन् ।

विश्वमा बढी कोरोना संक्रमित हुने देशहरूमा फ्रान्स, टर्की, रसिया, बेलायत, अर्जेन्टेनिया, जर्मनी, स्पेन, कोलम्बियालगायत हुन् । यी राष्ट्रमा पछिल्ला दिनमा भने संक्रमितको संख्यामा कमी देखिन्छ । तर केही राष्ट्रहरूमा अझै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या घटेकाे छैन । वर्ल्डाेमिटरको अनुसार कोरोना फैलिएका राष्टमध्ये बितेका २४ घण्टामा सबैभन्दा बढीकाे भारतमा ज्यान गएको छ । भारतमा गत २४ घण्टामा २ हजार ११५ जनाको ज्यान गएको हो । भारतपछि ब्राजिलमा एक हजार ११९, अर्जेन्टिनामा ७३२, कोलम्बियामा ५३५, रसियामा ३३०, अमेरिकामा ३१२, पेरूमा २४६, इन्डोनेसियमा १९१, चिलीमा १२१, इरानमा १२०, पाराग्वेमा ११२, जर्मनीमा ११४ जनाले ज्यान गुमाएका छन् । यीबाहेक बाँकी देशहरूका मृत्यु हुनेको संख्या १ सयभन्दा कम छन् । 

भारतमा कोरोना संक्रमणदर घटेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको देखिन्छ । पछिल्ला दिनमा नेपालमा संक्रमणदर र मृत्युदरमा कमी आएको छ । नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएकाे भने ९२ जनाले ज्यान गुमाएका छन् । पीसीआर परीक्षणअनुसार सोमबार २८ प्रतिशतमा संक्रमण पुष्टि भएको हाे ।

नेपालमा हालसम्म संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ छन् । त्यस्तै ४ लाख ९७ हजार ९६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ७ हजार ९९० जनाको मृत्यु भएको छ ।  नेपालमा कुल संक्रमितमध्ये ८४ प्रतिशत निको भएका छन् भने १.३५ प्रतिशतको मृत्यु भएको छ । त्यस्तै १४.४६ प्रतिशत सक्रिय संक्रमित छन् ।

सम्बन्धित खबरहरु