Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

थप ३३७० जनामा संक्रमण पुष्टि, ६९५१ संक्रमणमुक्त

न्युज कारोबार काठमाडौं जेठ २४, २०७८       

थप ३३७० जनामा संक्रमण पुष्टि, ६९५१ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार २ जनामा पीसीआर परीक्षण गर्दा थप ३ हजार ३७० जना र  ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण परीक्षण गर्दा १ हजार १०२ जनामा संक्रमण  पुष्टि भएको छ । देशभर सोमबार पीसीआर र एन्टिजेन गरी ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या  ५ लाख ९१ हजार ४९४ जना पुगेको छ । त्यस्तै सोमबार थप  ६ हजार ९५१ निको भएका छन् । मन्त्रालयका अनुसार  हालसम्म ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । आज ९२ जना संक्रमितको मृत्यु  भएसँगै देशभर ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेको छ । 

सम्बन्धित खबरहरु