Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

ज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग

न्युज कारोबार काठमाडौं जेठ २०, २०७८       

ज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग

ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजु रत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा केही राहतको लागि २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ । सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख राहत रकम प्रदान गरिएको छ ।

त्यस्तै  क्रीएसन नेपालई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस, हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटस सहयोग उपलब्ध गराइएको छ । यसका साथै गंगालाल अस्पताललाई ५ लाखको PAPR सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि NBI (National Business Initiative) लाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी NOVAIR को अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।

त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरले ५० बेडलाई पर्‍याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ । 

सम्बन्धित खबरहरु