Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षण र सुविधा 

न्युज कारोबार काठमाडौं जेठ २०, २०७८       

ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षण र सुविधा 

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित तथा अभिकर्ता सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ । ज्योति लाईफले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई थप प्रभावकारी तथा सहज सेवा पुर्‍याउने उद्देश्यसहित उक्त सुविधा ल्याएको हो ।

एन्ड्रोइड तथा आइओएस दुबै मोबाइल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अंग्रेजी भाषामासमेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको ज्योति लाईफले जानकारी दिएको छ । बिमितले ज्योति लाईफबाट जारी गरिएका बिमा लेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारी आफैले उक्त एप्समा लगइनमार्फत प्राप्त गर्न सक्ने छन् भने कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाको Notification अलर्टसमेत त्यहाँ पाउन सकिन्छ । यसका साथै अभिकर्ताले पनि आफूले बिक्री गरेका बिमा लेखहरुको विवरण, टिमको विवरणर व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकासमेतको जानकारी यसमा समावेश गरी, स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुविधाकासाथ सार्वजनिक गरीएको छ ।

ज्योति लाईफले सबै प्रकारका बिमा योजनाको बारेमा आकर्षक भिडियोसहित आफ्ना सेवा-सुविधाहरुसमेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ । यस एप्स भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरिएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावलाई सिधै बिमाशुल्क गणनाको प्रोपोजल पठाउन/सेयर गर्न सक्नेछन् जस कारण सेवाग्राहीले एक प्रकारले भन्ने हो भने यसलाई 'मोबाइल इन्स्योरेन्स सेवा' को रुपमा पनि लिन सक्ने छन् । ज्योति लाईफद्धारा सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारीसमेत प्राप्त गर्न सकिने भएकोले सबै प्रकारका सेवा ग्राहीले यस मोबाइल एप्सबाट लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित खबरहरु