Nepalese Flag २०७८ कार्तिक ८ गते सोमबार   |   October 25, 2021

बजेट भाषणमा पर्यटन: गत वर्ष र अहिले

निनाम कुलुङ ‘मंगले’ काठमाडौं जेठ १८, २०७८       

jeewan-bima-jaruri-chha बजेट भाषणमा पर्यटन: गत वर्ष र अहिले

यही जेठ १५ गते नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक खर्च अर्थात् बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोडको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । त्यसमा १० खर्ब ४ अर्ब त चालू खर्च मात्रै रहेको छ भने पुँजीगत खर्च भने केवल ४ खर्ब ३४ अर्बमा सीमित छ । पुँजीगत खर्चभन्दा चालू खर्च दुई डब्बलभन्दा पनि बढी कसरी भयो ? सो बारेमा अर्थशास्त्री वा अर्थविदहरुले नै यथार्थ रुपमा बताउलान् ।

गत आर्थिक वर्षमा पनि नेपाल सरकारका तत्कालीन अर्थ, सूचना, प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट भाषणमा १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरिएको थियो । सो रकममध्ये ‘३ खर्ब ५२ अर्ब ९१ करोड मात्रै पुँजीगत खर्च हुने छ’ भनी बजेट भाषणमा उल्लेख भएको थियो । त्यसमा ८ खर्ब ८९ अर्ब ६२ करोड आन्तरिक राजस्वबाट पूर्ति गर्ने लक्ष्य लिइएको थियो । त्यस्तै २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण सहायताबाट पूर्ति गर्ने र २ खर्ब २५ अर्ब आन्तरिक रुपमा ऋण लिने लक्ष्य लिइएको थियो । ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक सहायता (सम्भवत: अनुदान)बाट जुटाउने उल्लेख गरिएको थियो । तर, बजेटमा उल्लेख गरेअनुसार कुनै पनि लक्ष्यअनुसार बजेटले परिपूर्ति गरेन । फलत: अर्ध वार्षिक समीक्षा अवधिमा लगभग ९ प्रतिशत (८.९१) ले घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोडमा झारेको वा भनौं संशोधन गरेको थियो । 

त्यस्तै व्यवहारमा नआए वा लागू नभए पनि गत आर्थिक वर्षको बजेटमा ‘नेपालको समग्र पर्यटन उद्योगलाई तत्काल उद्धार गर्न र दीर्घकालीन रुपमा राहत दिनका लागि ५० अर्बको विशेष प्याकेज ल्याइने कार्यक्रम’ पनि परेको थियो । जुन कुरालाई तत्कालीन सरकारले पर्यटन र पर्यटन व्यसायीहरुका लागि गरेको धेरै राम्रो काम मानिएको थियो । त्यसैले गत वर्ष सरकारले गरेको ‘५० अर्बको विशेष प्याकेज’लाई पर्यटन उद्योग-व्यवसायमा लागेका सबैले ‘हाई-हाई’ गरेका थिए । 

यसै सन्दर्भमा के यो वर्षको सार्वजनिक गरिएको वार्षिक बजेटले नेपालको पर्यटन उद्योगको पुनर्उत्थान गर्ला त ? सो सम्बन्धमा यो लेखमा छोटो चर्चा गरिने छ । स्मरणीय के छ भने, आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा नेपाल सरकारले पर्यटन क्षेत्रको तालुकवाला पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्य मन्त्रालयको तुलनामा धेरै कम (२५औं नम्बरमा राखेर) जम्मा ७ अर्ब, १३ करोड ५० लाख विनियोजन गर्नु भएको छ । यसले के कुराको संकेत गर्छ ? वा समग्रमा पर्यटन क्षेत्रप्रति सरकारको कस्तो दृष्टिकोण हो, सो पो देखाउँछ कि ? हुन पनि यसरी सरकारको अर्थमन्त्री फेरिदैपिच्छे कुनै पनि नीति, योजना, कार्ययोजना, बजेटमै ठूलो हेराफेर वा यसरी ठूलै परिवर्तन आएपछि के हुने हो ? जबकि सँधै नै नेपाल सरकारले केही बढी महत्व दिएर पर्यटन उद्योगका लागि पूर्वाधार, प्रचार प्रसार र सूचना प्रविधिमा ध्यान दिने र, कोरोना महामारीका कारण बन्द भएका, रुग्ण अवस्थामा पुगेका, धरमरको अवस्थामा चलिरहेका पर्यटन क्षेत्रका उद्योगी-व्यवसायी र पर्यटन क्षेत्रका मजदुरहरुलाई राहत प्याकेज ल्याउनुपर्ने थियो । तर, अहँ ... !

त्यसो त अझै पनि नेपाल सरकारले पर्यटनलाई महत्व दिएर नेपालको पर्यटन उद्योगका लागि पूर्वाधार विकास, प्रचारप्रसार र सूचना प्रविधि आदिमा ध्यान दिने र, सोहीअनुसार अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रचारप्रसार गर्नका लागि मनग्गे खर्च गर्ने हो भने नेपालको पर्यटनको उद्योगको भविश्य निश्चय नै चम्किलो रहेको छ । यसो गर्न सके विदेशी मुद्रा आर्जनमा पर्यटन उद्योगले दोस्रो नभए तापिन तेस्रो वा चौथो स्थान ओगट्न सक्छ ।

हुन त सुरुदेखि नै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको खर्च गराई भने संख्याको तुलनामा खासै उत्साहजनक रहेको छैन । फलतः पर्यटनबाट विदेशी मुद्राको आम्दानीमा पनि अपेक्षित रुपमा बढोत्तरी हुन सकेको छैन । तर, पनि विदेशी पर्यटकहरुले नेपालको गन्तव्यसम्म आउनका लागि महत्वपूर्ण मानिएको हवाई यातायातका लागि सरकारले विगत १०/१२ वर्षदेखि चर्चामा ल्याएको र, लगभग ८/९ वर्षदेखि कार्यान्वयनमा ल्याउनका लागि निर्माण सुरु गरेको स्तरोन्नतिका लागि सुरु गरेको भैरहवास्थित गौतम बुद्घ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सक्न र दोस्रो टर्मिनल भवन बनाउनका लागि विनियोजन गरेको ३ अर्ब ५३ करोड, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सक्न ८ अर्ब ५० करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) बुटिक विमानस्थल ६ अर्ब ९५ करोड बजेट छुट्याएको छ । तर, माथिका सबै विमानस्थलहरु (भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १८० देखि ११० सिटे मध्यम खालका विमानहरु मात्रै अवतरण र उडान गर्न योग्य विमानस्थल हुन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) अब बुटिक हुने भनिएको विमानस्थल)मा पनि एकैपटक दोहोरो रुपमा ठूला वा साना विमानहरु उड्न र अवतरण गर्न सक्दैनन् ।

त्यसैले लामो समयदेखि बारा जिल्लाको सिमरामा बन्ने भनिएको साँच्चैको अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा सम्पन्न विमानस्थल बन्ने भनेको २०औं वर्षमा बल्लतल्ल विगत केही वर्ष अघिदेखि सरकारको प्राथमिकता पर्ने गरेको थियो । तर, यस वर्षको वार्षिक बजेटमा बारा जिल्लाको सिमरामा बन्ने भनिएको जो साँच्चैको अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा सम्पन्न विमानस्थल बन्ने भनिएको हो, सो विमानस्थलका लागि सुको पनि छुट्याइएको छैन । जबकि त्यस्तो महत्वको अन्तर्राष्ट्रिय विमानस्थल सकेसम्म छिटो निर्माण सुरु गरेर छिटो सक्नुपर्ने थियो । तर, कसका लागि, किन र कसको प्रभावमा परेर हो ? अर्थमन्त्री ज्युले सुको नछुट्याउनु भएको ?

बरु अर्थमन्त्री ज्युले खासै आवश्यक नभएको (आठराई क्षेत्रको चुहानडाँडा)मा निर्माण हुने भनिएको आन्तरिक विमानस्थलको नाम पनि अतिक्रमण गरेर स्वर्गीय आङछिरिङ शेर्पाको नाममा ‘आङछिरिङ विमानस्थल’ र ताप्लेजुङ (ताप्लिजोङ)को सुकेटार विमानस्थलको नाम पनि स्वर्गीय रवीन्द्र अधिकारीको नाममा ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने अरे !

सम्बन्धित खबरहरु