Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

जीपी कोइराला श्वासप्रश्वास केन्द्रका चार कर्मचारी निलम्बित

न्युज कारोबार काठमाडौं जेठ १८, २०७८       

जीपी कोइराला श्वासप्रश्वास केन्द्रका चार कर्मचारी निलम्बित

पीसीआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका ५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ ।
सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा सुधन पन्त, आनन्दप्रसाद ढुंगाना, विधान तिमिल्सिना र मदन श्रेष्ठ छन् । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको र उक्त कारबाहीको अन्तिम टुंगो नलागेसम्म निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ । उपचार केन्द्रबाट हाल प्रदान भइरहेको सेवाको गुणस्तरमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

सेवाग्राही तथा सरोकारवालाहरुबाट केन्द्रले सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने केन्द्रले जनाएको छ । सत्र जनासँग पीसीआर रिपोर्टका लागि भन्दै उठाइएको तीन हजार रूपैयाँ गत बुधबार फिर्ता गरिएको थियो ।

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १५ हजार

तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट बेहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबरहरु