Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

न्युज कारोबार काठमाडौं जेठ १७, २०७८       

कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

विश्वकै पुरानाेमध्येकाे फुटबल प्रतियाेगिता 'कोपा अमेरिका' ब्राजिलमा आयोजना हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको छ । ब्राजिल साविक विजेतासमेत हो ।  प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका सार्वजनिक भइसकेकाे छ ।

यसअघि प्रतियाेगिता अर्जेन्टिनामा र काेलम्बियामा आयोजना हुने तय भएकाे थियो । तर, कोरोना भाइरसको महामारीको कारण अर्जेन्टिनाबाट प्रतियोगिता सारिएको हो । कोरोना भाइरसको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएपछि ब्राजिलले माैका पाएकाे हाे । सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियालाई सह-आयोजकबाट हटाइएको थियो ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाइरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो ।

सम्बन्धित खबरहरु