Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा दृगनारायण पाण्डे निर्वाचित

न्युज कारोबार काठमाडौं जेठ १७, २०७८       

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा दृगनारायण पाण्डे निर्वाचित

लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रिय सभा सदस्यमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । सोमबार भएको मतदानमा पाण्डेले ४ हजार १४० र उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार पाए ।

विजयी पाण्डे हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको आयोगले जनाएको छ । मतदान दाङकाे घाेराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ देखि ३ बजेसम्म भएको थियो । 

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल'लाई पराजित गर्दै कांग्रेस-माओवादीसहितको गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खिमलाल देवकोटाले विजयी भएका थिए ।

सम्बन्धित खबरहरु