Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

मदिरा चोरेको अभियोगमा असईसहित ३ प्रहरी निलम्बित

न्युज कारोबार सिरहा जेठ १७, २०७८       

मदिरा चोरेको अभियोगमा असईसहित ३ प्रहरी निलम्बित

प्रहरी आचरणविपरित कार्य गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिरहाले असईसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका- २३, गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी शालिग्राम शर्माका अनुसार त्यहाँ काममा  खटिएका असई नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ । प्रहरीका आचरणविपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनैजनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।

सम्बन्धित खबरहरु