Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान

न्युज कारोबार काठमाडौं जेठ १७, २०७८       

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान फाइल तस्बिर

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । पछिल्लो पटक मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

सम्बन्धित खबरहरु