Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

आगामी बजेट : 'पर्यटन पुनरूत्थान र सहजीकरण' योजना लागू गर्न हानको माग

न्युज कारोबार काठमाडौं जेठ १४, २०७८       

आगामी बजेट : 'पर्यटन पुनरूत्थान र सहजीकरण' योजना लागू गर्न हानको माग

होटल संघ नेपालले आगामी वर्षको बजेटमा विभिन्न आर्थिक योजना लागू गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै हानकी अध्यक्ष सिर्जना राणाले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा कोभिडले तहसनहस भएको होटल क्षेत्रलाइ उकास्न विशेष प्याकेज ल्याउनुपर्ने माग राखेकी छन् ।

उनका अनुसार पर्यटन क्षेत्रमा अति प्रभावित उद्योग भनेर परिभाषित गरेर मात्र पुग्दैन । यो समयमा राज्यको नीति-नियम र कानुनी प्राब्धानहरुलाई स्थगन गर्दै सकारात्मक विभेद सहितको विशेष नीति अख्तियार गरी होटल उद्योगको संरक्षण गर्नुपर्छ ।

विज्ञप्तिमा भनिएको छ, 'संकटको समयमा राज्यले संक्रमणकालीन कानून र विशेष नीति लागू गर्दछ सोही बमोजिम कोरोनाका कारण गम्भीर संकटमा पुगी थला परेको होटल तथा पर्यटन उद्योगको लागि सहयोगी व्यवहार सहितको बजेटसहित सहयोगी नीति तथा कार्यक्रमहरु तत्काल लागू नगरिए होटल उद्योग तहस नहस हुन सक्नेतर्फ गम्भीर ध्यानाकर्षण गराउँछौं ।'

कोभिड महामारीमा राहतस्वरुप कतिपय राष्ट्रहरुले प्रदान गरेका संस्थागत तथा व्यवसायिक सहयोग राष्ट्रिय समृद्धिमा उल्लेखनीय योगदान दिइ अन्तर्राष्ट्रिय गरिमा अभिवृद्धि गर्ने होटल तथा पर्यटन उद्योगको लागि आर्थिक वर्ष २०७८⁄७९ को बजेटमार्फत संघले माग गरेअनुसारको कार्ययोजनाका लागि कोभिड विशेषः पर्यटन पुनरूत्थान कोष र पर्यटन सहजीकरण कोष सहितको आर्थिक योजना लागू गर्न माग गरेको छ ।

'होटल तथा पर्यटन उद्योगलाई पूर्व लयमा फर्कन लामो समय लाग्ने हुनाले तत्काल व्यवसायिक पुनरागमन हुने अपेक्षा गर्न नसकिने बताइएको छ । कोभिडको कारण पूर्ण रुपमा बन्द रहेका व्यवसाय लामो समयदेखिको ऋणात्मक भारको कारण नियमित दायित्व बहन गर्न असम्भव भएकैले यो समयमा राज्यको तर्फबाट बृहत पर्यटन पुनरुत्थान योजना लागू गर्दै चालू आर्थिक वर्षको बजेटमा उपलब्ध गराइएका सुविधाहरु दोब्बर गर्दै बजेट, नीति तथा कार्यक्रमहरुलाई निम्नानुसारका बिषयहरुमा प्राथमिकता प्रदान गर्न होटल संघ नेपाल माग गर्दछ ।' विज्ञप्तिमा भनिएको छ ।

 

सम्बन्धित खबरहरु