Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

आगामी बजेटमा खोपलाई उच्च प्राथमिकतामा राखिन्छ : मुख्यमन्त्री राई

न्युज कारोबार काठमाडौं जेठ ९, २०७८       

आगामी बजेटमा खोपलाई उच्च प्राथमिकतामा राखिन्छ : मुख्यमन्त्री राई कन्सन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राई ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तवरले जुटेको उनको भनाइ छ । मुख्यमन्त्री राईले संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको जानकारी दिए ।

आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं. १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले यसका लागि कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको उनले जानकारी दिए ।

‘सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको छ । यो संकटका बेला सरकारलाई सबैको साथ चाहिन्छ । सामाजिक संघसंस्थाहरुले पनि सकेको सहयोग गर्नुहोला,’ उनले भने । उनले करुणा फाउन्डेशनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे ।

फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

सम्बन्धित खबरहरु