Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

थप ७ हजार ५९८ जनामा संक्रमण पुष्टि, १९३ को निधन

न्युज कारोबार काठमाडौं जेठ ९, २०७८       

थप ७ हजार ५९८ जनामा संक्रमण पुष्टि, १९३ को निधन

नेपालमा पछिल्लो २४ घण्टामा १८ हजार ९६५ पीसीआर परीक्षण गर्दा ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ९३१ एन्टिजेन परीक्षणमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी पीसीआर र एन्टिजेन गरी देशभर आज ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८४१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

त्यस्तै १९३ जनाको निधन भएको छ भने ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित खबरहरु