Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार रूपैयाँ

न्युज कारोबार तनहुँ जेठ ८, २०७८       

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार रूपैयाँ फाइल तस्बिर

तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही १० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई पाँच हजार रूपैयाँ उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए ।

नगरपालिकामा हालसम्म ६१६ जनाको पीसीआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ संक्रमित भएका छन् । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै ५९ संक्रमणमुक्त भएका छन् । २२२ जनाको सामुदायिक आइसोलेसन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होम आइसोलेसनमा उपचार भइरहेको छ । साथै १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

सम्बन्धित खबरहरु