Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

बजार मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेच्ने मेडिकल सिल

न्युज कारोबार हेटाैँडा जेठ ८, २०७८       

बजार मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेच्ने मेडिकल सिल सांकेतिक तस्बिर

बागमती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्यभन्दा निकै महंगोमा बिक्री गरेको जनाउदै राप्ती रोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।

साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो । सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ । 

२८ वटा सवारी साधन नियन्त्रणमा

निषेधाज्ञाको अवधिमा पनि सवारी साधन चलाएको जनाउदै बागमती प्रदेशको राजधानी हेटौँडाबाट सोमवार २८ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञालाई कार्यान्वयन गराउने क्रममा मकवानपुर प्रहरीले ती सवारी साधन नियन्त्रणमा लिएको हो । मकवानपुरमा कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि गत वैशाख २० गतेदेखि लागू गरिएको निषेधाज्ञा हालसम्म जारी छ ।

नगरकार्यपालीका सदस्यको मत्यु

हेटौंडा उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको शुक्रबार कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेकपा एमालेको जिल्ला सदस्यसमेत रहेका विश्वकर्माको ५८ वर्षको उमेरमा उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । (रासस)

सम्बन्धित खबरहरु