nmb bank

गृहपृष्ठ गलकोटमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

गलकोटमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

गलकोटमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-५ मा मंगलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध १ ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका-५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ । 

दुई संक्रमितको मृत्यु

मंगलबार बागलुङमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । मंगलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उनलाई कोरोना पुष्टि भएको थियो । उनी पोखराबाट फर्केलगत्तै होम आइसोलेसनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए । (रासस)

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु