Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

सर्वोच्चको आदेश- संक्रमितकाे उपचार र अक्सिजनको आपूर्ति सहज बनाउनू

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

सर्वोच्चको आदेश- संक्रमितकाे उपचार र अक्सिजनको आपूर्ति सहज बनाउनू

कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले थप स्रोतसाधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चापअनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न पनि आदेशमा दिएकाे हाे ।

सर्वोच्चको आदेशमा निवेदकले माग गरिएको विषय मानिसको जीवनसँग तत्काल प्रत्यक्ष सम्वन्ध राख्ने भएकाले आवश्यक औषधि र अक्सिजनको आपूर्तिको समस्या समाधान गर्न सरकारलाई भनेको छ । सर्वोच्चले अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि मंगलबार सुनुवाई गर्दै नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधि, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

‘उपचारबाट कसैले पनि विमुख हुन नपरोस् भन्नाको लागि थप साधनयुक्त अस्पतालहरू सञ्चालन गर्ने/गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै आवश्यक सम्बाेधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनू, सर्वोच्चको आदेशमा भनिएको छ, ‘साथै अस्पतालहरूमा बिरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने यी उल्लेखित कुराहरूको व्यवस्थापन गर्नू ।’

सर्वोच्चकाे आदेश :

सम्बन्धित खबरहरु