Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

सीसीएमसीले तोक्यो अक्सिजनको कोटा, कुन अस्पताललाई कति ? (सूचीसहित)

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

सीसीएमसीले तोक्यो अक्सिजनको कोटा, कुन अस्पताललाई कति ? (सूचीसहित)

कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको छ । कोरोना संक्रमितहरुका लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासो आएपछि  सीसीएमसीले सरकारले कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो ।

अब सीसीएमसीको निर्देशनअनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन उपलब्ध गराउनु पर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयमा आइतबार बसेको कोभिड- १९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले यसमा व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको थियो ।

तोकिएकाे काेटाअनुसार सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिन्डर अक्सिजन पाउनेछ । त्यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिन्डर पाउने छ । यस्तै काठमाडौं मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिन्डरको कोटा पाएका छन् ।

हेर्नुहोस् सूची :

 

 

सम्बन्धित खबरहरु