Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

सुनको मूल्य लगातार उकालो

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

सुनको मूल्य लगातार उकालो

तीन दिनयता सुनको मूल्य लगातार उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक सय रूपैयाँ, सोमबार २ सय रूपैयाँ र मंगलबार ३ सय रूपैयाँले सुनको मूल्य उकालो लागेको हो ।

सोमबार ९२ हजार रूपैयाँ कायम गरिएको छापावाल सुन मंगलबारको लागि ९२ हजार ३ सय तोकिएको छ । त्यस्तै त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १५ रूपैयाँ बढेको चाँदीको मूल्य मंगलबार १५ रूपैयाँ नै घटेको छ । महासंघका अनुसार सोमबार १ हजार ३६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबारको लागि एक हजार ३४५ रूपैयाँ कायम गरिएको हो ।

सम्बन्धित खबरहरु