nmb bank

गृहपृष्ठ भारत आवतजावत गर्न खुला राखिएका यी हुन् १३ नाका

भारत आवतजावत गर्न खुला राखिएका यी हुन् १३ नाका

भारत आवतजावत गर्न खुला राखिएका यी हुन् १३ नाका

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भारत आवतजावत गर्नेका लागि १३ वटा नाका मात्र खुला गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रको अनुमतिमा मात्रै यी नाकाबाट भारत आवतजावत गर्न सकिनेछन् ।

हवाई मार्गबाट आउन सम्भव नभएका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर सरकारले स्थलमार्गबाट पनि नेपाल आउने बाटो खोलेको हो । साथै नेपाल आएपछि अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यी हुन् नेपाल आवतजावत गर्न सकिने १३ नाका :

– पशुपतिनगर, इलाम
– काँकडभिट्टा, झापा
– जोगवनी, मोरङ
– भित्तामोड, धनुषा
– गौर, रौतहट
– वीरगन्ज, पर्सा
– बेलहिया, रुपन्देही
– कृष्णनगर, कपिलवस्तु 
– जमुनाह, बाँके
– गौरीफन्टा, कैलाली
– गड्डाचौकी, कञ्चनपुर
– झुलाघाट, बैतडी 
– पुलघाट, दार्चुला

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु