Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

ज्वरो आउँदा धामीको शरण

न्युज कारोबार जाजरकोट वैशाख २८, २०७८       

ज्वरो आउँदा धामीको शरण

कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित संक्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो ।

नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ । गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताए । ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पीसिआर जाँच गर्न स्वाब संकलन गरी सुर्खेत पठाउने गरिएको छ ।

पूजा र विवाहले कोरोना बढायो

चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना संक्रमितको संख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई कोरोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको गौतमले जानकारी दिए । सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी भए पनि सर्वसाधारण सहभागी हुँदा कोरोना सङ्क्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गरेको भए पनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ ।

सम्बन्धित खबरहरु