Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दाबी गर्न राष्ट्रपतिद्वारा आह्वान

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दाबी गर्न राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी वैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । राष्ट्रपतिकाे कार्यालयद्वारा सोमबार साँझ जारी विज्ञप्तिमा संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरिएकाे छ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत गुमाएलगतै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टीका  अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । सरकार बनाउन बहुमत पुग्ने उनीहरुको दाबी छ ।

नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।

सम्बन्धित खबरहरु