Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

‘कंक्रिटको बगैंचा’मा ज्याकारान्डाको मुस्कान (फोटोफिचर)

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

‘कंक्रिटको बगैंचा’मा ज्याकारान्डाको मुस्कान (फोटोफिचर)

काठमाडौँ सहर, हेर्दा लाग्छ रहर । रहरै रहरको सहर काठमाडौं ‘कंक्रिटको सहर’ पनि हो । अनेक बान्की र ढाँचाका रंगीबिरंगी घरहरुका कारण लाग्छ, काडमाडौं सहर पनि कुनै बगैंचा नै हो । अहिले वसन्त ऋतुले बिदा लिँदैछ, पतझर शिशिरमा पालुवा भरेर । वसन्तको आगमनमा ‘कंक्रिटको बगैंचा’नै सही, काठमाडौं पनि फूलहरुको मुस्कानमा सजिएको थियो । खासगरी, यहाँका सडक किनारमा निलाम्मे भएर फुल्ने ज्याकारान्डाले हरेक वसन्तमा काठमाडौंलाई सुहाउँछ । यस वर्ष पनि कंक्रिटको सहर काठमाडौंलाई सजाएर, वसन्तको आभास दिलाएर ज्याकारान्डाको मुस्कानले बिदा लिँदैछ, वसन्तसँगै ।

सम्बन्धित खबरहरु