Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

कोरोनाबाट एकै दिन १३९ जनाको मृत्यु, ९१२७ संक्रमित थपिए, ४००७ जना डिस्चार्ज

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

कोरोनाबाट एकै दिन १३९ जनाको मृत्यु, ९१२७ संक्रमित थपिए, ४००७ जना डिस्चार्ज

नेपालमा पहिलोपटक एकै दिन करिब डेढ सय जनाकाे काेराेनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३९ जनाकाे काेराेनाका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ ।

त्यसैगरी आज ९ हजार २७१ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पीसीआर परीक्षण १७ हजार ६२३ गर्दा ९ हजार १२७ संक्रमित थपिएका हुन् । ७८८ जनाको एन्टिजेन परीक्षण भएको थियो ।हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म ३ लाख ६ हजार ७९४ जना कोरोनाबाट निको भएका छन् । हालसम्म २६ लाख ५२ हजार १३० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयकाे विवरणमा उल्लेख छ ।

सम्बन्धित खबरहरु