Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न कांग्रेस, माओवादी र जसपाको आह्वान

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न कांग्रेस, माओवादी र जसपाको आह्वान

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त आह्वान गरेका छन् । सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिलाई आह्वान गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत हासिल गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउन भनेका हुन् । आज भएकाे मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने १५ जना सांसद तटस्थ रहे । सदनमा जम्मा २३२ सांसदकाे उपस्थिति थियाे । 

संयुक्त विज्ञप्ति :

सम्बन्धित खबरहरु