Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

ओलीलाई देउवाको जवाफ- तपाईंकै दम्भको कारण अहिलेको अवस्था आएकाे हाे

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

ओलीलाई देउवाको जवाफ- तपाईंकै दम्भको कारण अहिलेको अवस्था आएकाे हाे

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विश्वासको मत नपाउने थाहा हुँदा-हुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मत मागेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले दुई तिहाइ सरकारले विश्वासको मत लिनु पर्ने दुखदायी अवस्था आउनुमा प्रधानमन्त्री ओली नै मुख्य दोषी रहेको बताए ।

देउवाले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, दुनियाँबाट भाग्न सकिन्छ । तर आफैँबाट भाग्न सकिन्न । छातीमा हात राखेर सोच्नुहोस्, यो तपाईंको दम्भको कारण अहिलेको अवस्था आएको हो ।’ उनले काेराेना संक्रमण बढ्दा पनि तामझामका साथ धरहरा उद्घाट गर्न गएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे । ‘एक वर्षसम्म महामारी आउँदा पनि सरकारले प्रभावकारी काम गरेन । हामीले बेलैमा सचेत गराउँदा पनि सरकारले सुन्दै सुनेन । नागरिकको ज्यान जानुमा सरकार पूर्ण रुपमा जिम्मेवार छ,' देउवाले भने ।

सरकारकाे असफलताकाे फेहरिस्त प्रस्तुत गर्दै देउवाले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिन नसकिने उल्लेख गरे ।

सम्बन्धित खबरहरु