गृहपृष्ठ आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढ्यो
आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढ्यो
आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार २ सय रूपैयाँले बढेको हो । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन तोलामा ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य १५ रूपैयाँ घटेको छ । महासंघका अनुसार आइतबार एक हजार ३४५ रूपैयाँ तोकिएको चाँदीकाे मूल्य सोमबार १ हजार ३६० रूपैयाँ कायम गरिएको छ ।
प्रकाशित समय : १६:५९ बजे