Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

२० दिनमा देश करिब ठप्प, ६८ जिल्लामा निषेधाज्ञा

न्युज कारोबार काठमाडौं वैशाख २६, २०७८       

२० दिनमा देश करिब ठप्प, ६८ जिल्लामा निषेधाज्ञा निषेधाज्ञाका काठमाडाैंका सडक ।

तीव्र रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड- १९ संक्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । संक्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै लकडाउनकाे अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि नै ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । गृह मन्त्रालयकाे पछिल्लाे तथ्यांकअनुसार ९ जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६८ जिल्लामा निषेधाज्ञा जारी गरी संक्रमण रोकथामको प्रयास भइरहेको छ । त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ ।

खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् । अब निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । वैशाख पहिलो साता बाग्लुङको बलेवास्थित नारायणथानको एउटा स्कुलमा ३९ विद्यार्थी र एक शिक्षकमा एक्कासि कोभिड-१९ देखियो । त्यसलगत्तै कालीकोटमा वैशाख ९ गते एक जनामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते चारजना संक्रमित थपिएलगत्तै संक्रमक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै आंशिक निषेधाज्ञा जारी भयो ।

निषेधाज्ञा लागू गरिएका  जिल्लाहरू :

 

सम्बन्धित खबरहरु