Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, ३ दिनभित्र नयाँ सरकार गठन हुने

न्युज कारोबार काठमाडौं वैशाख २६, २०७८       

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, ३ दिनभित्र नयाँ सरकार गठन हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका हुन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । साथै प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रदेश प्रमुखकाे कार्यालयद्वारा जारी विज्ञप्ति :

सम्बन्धित खबरहरु