Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

मेचीनगरमा अक्सिनजसहितको ३० श्ययाको आइशोलेसन कक्ष

न्युज कारोबार झापा वैशाख २४, २०७८       

मेचीनगरमा अक्सिनजसहितको ३० श्ययाको आइशोलेसन कक्ष

मेचीनगर नगरपालिकाले कोभिड १९ का संक्रमितका लागि अक्सिजनसहितको ३० श्ययाको ओइशोलेसन कक्ष स्थापना गरेको छ । मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा तयार गरिएको केन्द्रमा एक डाक्टरसहित दुई जना स्टाफ नर्स र दुई जना सहयोगीको समेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए ।

सो आइशोलेसन कक्ष गत बर्षको कोरोना सङ्क्रमणका समयमा क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो । नगरमा दोस्रो लहरको कोरोना भेरियन्टका संक्रमित बढेसँगै होम आइशोलेसनमा बसेकाहरुका लागि १०० थान अक्सिजन माक्सको समेत व्यवस्था गरेको उनले बताए ।  उनले भने, 'होम आइसोलेसनमा बसेका संक्रमितहरुका लागि औषधि स्वास्थ्यकर्मीमार्फत घर घरमै पुर्याउने र कसैलाई श्वास फर्न समस्या गाहे भएमा अक्सिजन पनि पठाउने व्यवस्था गरेका छौं ।' नगरले दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

उनका अनुसार एम्बुलेन्समार्फत नै नगरभित्रका संक्रमितहरुलाई अस्पतालसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले आज नगरभित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सका चालक, सर्पदंश उपचार केन्द्र र आम्दा मेची अस्पताल धुलावारीलाई स्वास्थ्य सुरक्षणका सामग्री प्रदान गरेको छ । कोभिड–१९ नियन्त्रण तथा संक्रमितहरुको उपचारमा छिटो र छरितो रुपमा सेवा दिने उद्देश्यले वडाध्यक्षहरुको संयोजकत्वमा वडास्तरीय ‘र्‍यापिट रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । समितिले हरेक वडाका टोल विकास संस्थाहरुसँग समन्वय गरेर काम गर्ने सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीले जानकारी दिए । उनले १५ वटै वडाका स्वास्थ्य चौकीका प्रमुखहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि फोकल पर्सन तोकिएको बताए ।

सम्बन्धित खबरहरु