Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

कर्णालीमा थप ४९९ जनामा संक्रमण

न्युज कारोबार काठमाडौं वैशाख २४, २०७८       

कर्णालीमा थप ४९९ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप ४९९ जनामा कोरोना भाइरस (कोभिड-१९) को पुष्टि भएको छ । आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणमा ३८१ जना र रेपिड एन्टिजिन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या तीन हजार २४७ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण प्रदेशभर सात जनाले ज्यान गुमाएका छन् । योसँगै कर्णाली प्रदेशमा भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८० पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो समय दैनिक पाँच सयको हाराहारीमा कोरोना भाइरसका संक्रमित फेला पर्न थालेका छन् ।

दैनिक भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्यासमेत बढेको छ । भारतबाट नेपाली फर्कने क्रम बढेसँगै कर्णालीमा संक्रमण फैलिएको हो । भारतबाट कर्णाली भित्रिनेहरुलाई सरकारले व्यवस्थापन गर्न नसक्दा कर्णालीका गाउँ गाउँमा कोरोना भाइरसको संक्रमण तीव्र फैलिएको छ ।
 

सम्बन्धित खबरहरु