Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

‘एनआईबीएल समृद्धि फण्ड-२’ : ६४ हजार ४८३ जना आवेदकहरुलाई १५ करोड इकाई

न्युज कारोबार काठमाडौं वैशाख २४, २०७८       

‘एनआईबीएल समृद्धि फण्ड-२’ : ६४ हजार ४८३ जना आवेदकहरुलाई १५ करोड इकाई

‘एनआईबीएल समृद्धि फण्ड-२’ को लागि कुल आवेदकमध्ये ६४ हजार ४८३ जनालाई १५ करोड इकाई प्राप्त भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबीएल म्युचुअल फण्डअन्तर्गतको ‘एनआईबीएल समृद्धि फण्ड-२’ योजनाको १० रुपैयाँ अंकित दरको १२ करोड इकाईहरु वैशाख १३ गतेदेखि वैशाख १६ गतेसम्म सार्वजनिक रुपमा विक्री आह्वान गरिएको थियो र यसमा आवश्यकताभन्दा अधिक इकाईहरुको लागि आवेदन प्राप्त भएको थियो । 

सर्वसाधारण आवेदकहरुबाट (बीज पुँजीबाहेक) कुल ६७ हजार ७६ आवेदन फाराममार्फत जम्मा १५ करोड ६३ लाख तीन हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएकोमा ६४ हजार ५१४ आवेदन फाराममार्फत १४ करोड ५२ लाख ९५ हजार ४ सय इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएकोे र कुल दुई हजार ५६२ आवेदन फाराममार्फत जम्मा एक करोड १० लाख आठ हजार ५९०, इकाईको लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्ध गरिएको र रितपूर्वक आवेदन प्राप्त भएकोे मध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६ हजार ६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको जानकारी गरिन्छ ।

योजनाको कुल आकार एक अर्ब ५० करोड रुपैयाँको जम्मा २० प्रतिशत बीज पुँजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोड रुपैयाँमध्ये २९ करोड रुपैयाँ बराबरको २ करोड ९० लाख इकाई कोष प्रवर्द्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड एक करोड रुपैयाँ बराबरको १० लाख इकाई योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँड गर्नुपर्ने जम्मा १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकहरुलाई १५ करोड इकाई संलग्न भएको छ ।

नतिजा हेर्नका लागि ttps://result.niblcapital.com/#/ipo-result लिंक क्लिक गर्न सकिन्छ ।

सम्बन्धित खबरहरु