Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

वीरेन्द्रनगरमा २५ शय्याको कोरोना अस्पताल सञ्चालन

न्युज कारोबार काठमाडौं वैशाख २४, २०७८       

वीरेन्द्रनगरमा २५ शय्याको कोरोना अस्पताल सञ्चालन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । शुक्रबार वीरेन्द्रनगरममा रहेको कटकुवा स्वास्थ्य चौकीमा २५ शय्याको कोरोना अस्पताल सञ्चालन गरिएको हो । कोरोना अस्पतालको नगरप्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेर हुन् ।

दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएकोले नगरका संक्रमितलाई उपचारका लागि अस्पताल सञ्चालनमा ल्याएको हो । तत्कालको लागि १० बेड अक्सिजन सहितको २५ शय्याको कोभिड अस्पतालको सञ्चालन गरिएको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार उक्त कोभिड अस्पताललाई २५ शय्याबाट बढाएर ५० शय्यासम्म पुर्‍याउने नगरपालिकाको योजना रहेको छ ।

पछिल्लो समय कर्णाली प्रदेशका दैनिक कोरोना संक्रमित बढ्दै गएको छन् । करिब २ हजार ८ सयभन्दा बढी संक्रमितमध्ये एक हजार ४ सयभन्दा बढी संक्रमित सुर्खेतमा रहेको र त्यसमा पनि वीरेन्द्रनगर नगरपालिकामा रहेका छन् । सोही तथ्यांकलाई मध्यनजर गर्दै कोरोना अस्पताल सञ्चालनमा ल्याएको नगरप्रमुख सुवेदीले जानकारी दिए ।

सम्बन्धित खबरहरु