Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

झिनो अंकले घट्यो नेप्से, आरएचपीसी र आरआरएजपीको कारोबारमा सर्किट

न्युज कारोबार काठमाडौं वैशाख २२, २०७८       

झिनो अंकले घट्यो नेप्से, आरएचपीसी र आरआरएजपीको कारोबारमा सर्किट

बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार मापक नेप्से परिसूचक ५.०९ अंकले घट्दा दुई हजार ६४९.६० मा पुगेको छ भने ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ४३१.८१ अंकमा पुगेको छ । आज २१८ कम्पनीको एक करोड ४८ लाख ६७ हजार ९९५ कित्ता ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज ४ उपसमूहको सेयर सकारात्मक छ भने बाँकी ९ समूहको सेयर कारोबार माइनसमा गएका छन् ।

व्यापार ९.४१, जलविद्युत ४५.२७, वित्त १०.०८ र निर्जीवन बिमाको सेयर कारोबार ९.२७ अंकले बढेको छ । त्यस्तै ९ उपसमूहको सेयर घटेको छ । जसमा बैंकिङ ४.९९, होटल तथा पर्यटन ३७.७८, विकास बैंक ३.२६, उत्पादनमुलक ६७.०७, अन्य २१.९१, लघुवित्त ३.८९, जीवन बिमा ५५.२४, सामुहिक लगानी कोष ०.०२ र लगानी समूहको ०.५१ अंकले सेयर मूल्य घटेको छ । आज दुई कम्पनीको सेयरका सकारात्मक सर्किट लागेको छ । जसमा राइरिङ हाइड्रोपावर डिभ्लपमेन्ट कम्पनी, रिडी हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै १४ कम्पनी सर्किटको लेभलमा पुगेका छन् ।

सम्बन्धित खबरहरु