Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

तीन दिनयता सुनको मूल्य निरन्तर उकालो

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

तीन दिनयता सुनको मूल्य निरन्तर उकालो

आइतबार र सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ सय र सोमबार ४ सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार २ सय रूपैयाँ बढेको छ । तीन दिनमा सुनको मूल्य ७ सय रूपैयाँ बढेको हो ।

सोमबार ९० हजार ४ सय रूपैयाँ कायम गरिएको छापावाल सुन मंगलबार ९० हजार ६ सय रूपैयाँ तोकिएको छ । त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार एक सय रूपैयाँ तोकिएको छ ।

सोमबार ५ रूपैयाँ बढेको चाँदी मंगलबार २५ रूपैयाँ बढेको महासंघले जनाएका छ । महासंघका अनुसार सोमबार तोलामा १ हजार ३ सय रूपैयाँ तोकिएको चाँदी  आज १ हजार ३ सय २५ रूपैयाँ कायम गरिएको छ । 
 

सम्बन्धित खबरहरु