Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

मंगलबार सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट ६ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

मंगलबार सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट ६ जनाको मृत्यु फाइल तस्बिर

मंगलबार कोरोना भाइरस संक्रमणबाट कैलालीमा ६ जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको हो । यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जनाइएको छ । यस्तै सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु