Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

अनावश्यक रुपमा खाली सिलिन्डर होल्ड नगर्नू : स्वास्थ्य मन्त्रालय

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

अनावश्यक रुपमा खाली सिलिन्डर होल्ड नगर्नू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रुपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न अनुरोध गरेको छ । सोमबार देशभरिका सबै अस्पतालहरुलाई पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रुपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो ।

मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको हुँदा उपचारका लागि जटिल अवस्थाका संक्रमितलाई अक्सिजनको सहज व्यवस्थापन गर्न सबै अस्पताललाई तयारी अवस्थामा रहन अनुरोध गरेको हो । खाली राखिएका अक्सिजन सिलिन्डर अनावश्यकरुपमा होल्ड नगरी समयमै भरेर राख्न र आवश्यकताअनुसार अस्पतालसँग समन्वय गरी व्यवस्थापन गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो । त्यस्तै, सर्वसाधारणहरुले अक्सिजन सिलिन्डरहरु अनावश्यक रुपमा जोखिमपूर्ण तरिकाले सञ्चित नगर्न वा प्रयोग नगर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबरहरु