Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

सेयर बजार दोहोरो अंक माइनसमा गए पनि साढे ७ अर्ब रुपैयाँको कारोबार

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

सेयर बजार दोहोरो अंक माइनसमा गए पनि साढे ७ अर्ब रुपैयाँको कारोबार

सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा १२ अंक घटे पनि कारोबार भने बढेको छ । आइतबार ५४ अंकले बढेर दुई हजार ६६५.१० अंकमा उक्लेको थियो भने सोमबार नेप्से १२.३५ अंकले घटेर दुई हजार ६५२.७५ अंकमा पुगेको छ ।

सेयर अंक घटे पनि कारोबार भने आइतबारको भन्दा बढेको छ । आइतबार २२६ कम्पनीको एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता ७ अर्ब ३६ करोड ८ लाख पाँच सय रुपैयाँको किनबेच भएको थियो भने आज २१६ कम्पनीको एक करोड ५९ लाख ८ हजार ४८९ कित्ता ७ अर्ब ५२ करोड ९२ लाख ८३ हजार ८६ रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज ठूला कम्पनीको सेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक पनि ३.६९ अंकले घटेर ४७५.१२ अंकमा पुगेको छ । आइतबार भने ८.७८ अंकले बढेर ४७७.८१ अंकमा पुगेको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको बाहेक सबैको सेयर ओरालो लागेको छ । 

लघुवित्त ६९.०३ र लगानी समूहको ०.४९ अंकले सेयर बढेको भने बैकिङ समूहको ९.७८, व्यपारको १५.०८, होटल तथा पर्यटनको १२.४२, विकास बैंकको ३३.६८, जलविद्युतको ३२.०९, वित्तको समूहमा लगानी गर्ने लगानीकर्ताले ९.०९ अंक गुमाएका छन् । त्यस्तै निर्जीवन बिमा ८०.९६, उत्पादनमुलक ६८.०८, अन्य ३२.७२, जीवन बिमा ९०.९५ र सामुहिक लगानीको कोषको सेयर पनि ओरालो लागेको छ ।

सम्बन्धित खबरहरु