Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

सिद्धार्थ बैंकको नयाँ वेबसाइट सञ्चालनमा  

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

सिद्धार्थ बैंकको नयाँ वेबसाइट सञ्चालनमा  

सिद्धार्थ बैंकले बैंकको नयाँ आधिकारिक वेबसाइट (https://www.siddharthabank.com) सञ्चालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई ग्र्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरुको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट आजैबाट सञ्चालनमा ल्याएकोे हो ।

आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरि विकास गरिएको छ भने ग्राहकको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्पडेस्क/क्विक डायलजस्ता एप्लिकेशनहरु राखिएका छन् ।

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधासमेत सुरुवात गरेको छ । आगामी दिनहरुमा अझ सहज विद्युतीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै जाने विषयमा बैंक प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु