Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

'लाटोकोशेरो'बाट २४ सै घण्टा फुड डेलिभरी, फ्रन्ट लाइनर्सलाई १० प्रतिशत छुट

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

'लाटोकोशेरो'बाट २४ सै घण्टा फुड डेलिभरी, फ्रन्ट लाइनर्सलाई १० प्रतिशत छुट

काठमाडौंमा पहिलोपटक २४सै घण्टा लाटो कोसेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरेर रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पुराउने उद्देश्यस्वरुप लाटोकोशेरो फुड सञ्चालनमा आएको हो ।

उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जीवनको ख्याल राख्दै २४सै घण्टा सेवा दिने उद्देश्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिनेछ ।लाटोकाशेरोले रातको समयमा कोही भोकै बस्न नपरोस् भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाइनमार्फत सेवा दिनेछ ।

लाटोकोशेरो डटकमले (www.laatokoshero.com) आफूलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिबद्धता जनाएकाे छ । लाटोकोशेरो डटकमले खाना, खाजा, बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अर्डरअनुसार हरेक खाना २४सै घण्टा डेलिभर गर्नेछ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com अथवा ९८४७३७९८९० र ९८०१०७९८९० मा अर्डर गर्न सकिने जनाइएको छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोशेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा चिकित्सक, नर्स, हेल्थ वर्कर्स, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्ण फ्रन्टलाइन वर्कसलाई १० प्रतिशत छुट दिने व्यवस्था रहेको प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जानकारी दिए ।

सम्बन्धित खबरहरु